काठमाडौं, – पछिल्ला दिनहरूमा काठमाडौं लगायत देशका प्रमुख शहरहरूमा तापक्रम सामान्य भन्दा उच्च भएको छ। आइतबार राजधानीको तापक्रम ३०.५ डिग्री सेल्सियस मापन गरिएकोमा सोमबार यो ३१.६ डिग्री सेल्सियसमा पुगेको थियो। मौसमविद् डेविड ढकालका अनुसार वर्षा नहुनु र आकाश खुल्ला रहनुले तापक्रम उच्च भएको हो।
मंगलबार पनि तापक्रम ३० देखि ३२ डिग्री बीच रहने अनुमान गरिएको छ। बिहानको न्यूनतम तापक्रम समेत सोमबारको २०.४ डिग्रीबाट बढेर मंगलबार २१.८ डिग्रीमा पुगेको छ।
नेपालको पूर्वी भागमा जेठ १५ गते मनसुन प्रवेश गरे पनि यसको विस्तार अझै हुन सकेको छैन। यद्यपि, आगामी दिनमा तापक्रम केही घट्ने अपेक्षा गरिएको छ।
यसैबीच, नेपालगन्ज र दिपायल जस्ता शहरहरूमा पनि तापक्रम सामान्य भन्दा धेरै छ। नेपालगन्जमा सोमबार ४१ डिग्री र धनगढीमा ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ। महाशाखाको अनुमान अनुसार यो वर्ष अन्य वर्षहरू भन्दा बढी गर्मी र वर्षा हुने छ।
पाकिस्तानमा विद्यालय नै बन्द
यसैबीच, छिमेकी मुलुक पाकिस्तानमा चरम गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण विद्यालयहरू बन्द गरिएका छन्। पञ्जाब प्रान्तमा तापक्रम ४५ डिग्री नाघेपछि सरकारले गर्मी विदा घोषणा गरेको हो।
शैक्षिक अभियन्ता बेला रजा जामिलका अनुसार गर्मी र प्रदूषणले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न थालेपछि यस्तो निर्णय गरिएको हो। सरकारी तथ्यांक अनुसार पाकिस्तानमा करिब २ करोड ६० लाख बालबालिका अझै विद्यालय बाहिर छन्।
वायु प्रदूषण र गर्मीले विगत वर्षहरूमा पनि पटक-पटक विद्यालय बन्द गराउने अवस्था आएको थियो। बाढीका कारण ग्रामीण क्षेत्रका विद्यालयहरू समेत क्षतिग्रस्त छन्, जसले बालबालिका असुरक्षित ठाउँमा पढ्न बाध्य बनाएको छ।
नेपाल र पाकिस्तान दुबै देश अहिले जलवायु परिवर्तनका चपेटामा छन्। तापक्रममा आएको यो वृद्धिले केवल शारीरिक असहजता मात्र होइन, बालबालिका, वृद्धवृद्धा, कृषक र कमजोर वर्गको जनजीवनमा प्रत्यक्ष असर पारेको छ। यस सन्दर्भमा दीर्घकालीन जलवायु नीतिको आवश्यकता आजको प्रमुख आवश्यकता बन्न गएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता