सिद्धि कुमार मानन्धर : एक परिचय


मानन्धर वंशको गौरवमय परम्परामा वि.सं. २०२८ साल मसिर १९ गते, बुबा श्री धनबहादुर मानन्धर र आमा श्रीमती विष्णुकुमारी मानन्धरका सुपुत्रका रूपमा संसारमा आगमन भयो । बाल्यकालदेखि नै श्रम, ईमानदारी र समाजप्रतिको उत्तरदायित्वको शिक्षाले जीवनलाई नयाँ दिशा दिएको थियो । दिदी मंगलदेवी मानन्धर, दाजु राजकुमार मानन्धर, भाई सोमप्रसाद मानन्धर तथा जीवनसाथी तिर्थलक्ष्मी मानन्धरसँगैको सुमधुर सम्बन्धले उनको व्यक्तिगत जीवनलाई उचाइ दिएको छ । परिवारका दुई छोरा अभिषेक मानन्धर र निश्चल मानन्धर उनको आशा र भविष्यको जग हुन् ।

शिक्षाको पहिलो औपचारिक प्रमाणपत्र एस.एल.सी. प्राप्त गरेपछि उनले ज्ञानलाई मात्र नभई जिम्मेवारीलाई जीवनको मूल मन्त्र बनाए। शिक्षा उनको लागि जीवन धान्ने आधार मात्रै नभई समाज रूपान्तरणको सबल हतियार स्वरुप ग्रहण गर्नुभयो।

राजनीतिक चेतनाले उनलाई जनतामुखी गतिविधिमा आकर्षित गर्यो ।  नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्यको हैसियतमा उनले विचार, प्रतिबद्धता र सेवा भावलाई संस्थागत बनाउँदै समाज परिवर्तनमा योगदान पुर्याइरहेका छन् । राजनीति उनको लागि सत्ता र पद प्राप्तिको साधन होईन्, बरु समाजका आवाजलाई सम्मानपूर्वक सम्बोधन गर्ने माध्यम हो मान्नुहुन्छ । 

सामाजिक सेवा उनको जीवनको अर्को स्तम्भ हो। उनी किपू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार, श्रीपंचमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार एवम् प्रमुख अधिकृत तथा कार्यकारी निर्देशक, साथै श्रीपंचमी मानन्धर गुथिका अध्यक्षका रूपमा सक्रिय छन् । सहकारी, गुथि र सामाजिक संस्थाहरू मार्फत उहाँले सामूहिक आत्मनिर्भरता बढाउँदै सामाजिक उत्तरदायित्वमा सबल अग्रसर हुनुहुन्छ । 

त्यस्तै, कीर्तिपुर यातायात सेवा कम्पनी लिमिटेड, राराहिल स्कुल, कीर्तिपुर गृहिणी महिला विद्यालय, सहिद स्मृति व्यवस्थापन समिति, सहिद स्मारक कलेज, मंगल कलेज लगायतका संस्थामा उनको नेतृत्वले विकास, शिक्षा र सामाजिक चेतनालाई बलियो बनाएको छ । उनले आफ्नो समय र ऊर्जा केवल आफ्ना लागि नभई सम्पूर्ण समाजको भविष्य उज्यालो बनाउन खर्चिरहेका छन्।

सामाजिक आन्दोलनमा उनको सक्रियता बागमती प्रदेश सहकारी संघ, केन्द्रीय मानन्धर संघ, समल बिचा गुथि, दिखु विकास समिति, कीर्तिपुर जात्रा पर्व, समल आखा खलः लगायतका संस्था–संघसँग गहिरो सम्बन्ध छ।

जीवनको प्रत्येक पाइलामा उनले एउटा मूल मन्त्र आत्मसात गरेका छन् “समाजलाई सामाजिक रूपमा रूपान्तरण गर्नुपर्छ, समाजमा जवाफदेही बन्नुपर्छ।”

अन्तमा, उनको जीवन केवल व्यक्तिगत सफलता मात्र होईन्, सामूहिक चेतनाको सफल प्रयोग पनि हो । संघर्ष, सेवा र समर्पण उनको परिचय हो । परिवार, राजनीति, शिक्षा, सहकारी वा समाज जहाँ पुगे पनि उनले छोड्ने छाप केवल ईमान, प्रतिबद्धता र जनसेवा हुन् । समाजले सदा यी गुणहरुलाई पुँजीगत रुपमा विकास अनि त्यसको संरक्षण एवम् प्रवर्द्धन गर्नुपर्छ । सम्मान बोकेर बस्ने वंशको उर्जावान पुर्णता नै सिद्धि कुमार मानन्धर हुन् ।

प्रतिक्रिया