सिन्धुलीको सुनकोशी गाउँपालिकामा आगो लागि हुदा १५ लाख ५० हजार पराबरको क्षती हिजो मंगलबार साडे १ बजेको समयमा सिन्धुलीको सुनकोशी गाउँपालिकामा आगो लागि भएको छ।
आगो लागि जिल्लाको सुनकोशी गाउँपालीका वडा नं. ५ र ६ को सिमाना रिठ्ठेमा भएको हो। जिल्लाको पालिकामा आगो लागि हुदाँ चार घर पुर्णरुपमा जलेर नष्ट भएको छ। घर जलेर नष्ट हुदा १५ लाख ५० हजार पराबरको क्षेती भएको सुनकोशी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुरत बहादुर बसेलले जानकारी दिनुभयो। आगो लागि हुदा गाउँपालिकाको वडा नम्बर ६ का नरेश आचार्य, नर बहादुर आचार्य, कृष्ण बहादुर कार्की र पवित्रा कार्कीको घर, गोठ जलेर नष्ट भएको सुरत बहादुर बसेलले जानकारी दिनुभयो ।
आगो लागि भएको खबर पाउना साथ सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, वडाअध्यक्षहरु सहितको जनप्रतिनिधिहरु नियन्त्रणमा जुटेका थिए ।
सिन्धुली सवादाता :- गन्गा बिसुन्के
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin