इटहरी GenZ आन्दोलनमा घाइते शान्तनु ढकाललाई अशोक कुमार चौधरीको भेट

इटहरी । हालै इटहरीमा भएको GenZ आन्दोलनका क्रममा गोली लागेर घाइते भएका शान्तनु ढकाललाई नेता अशोक कुमार चौधरीले भेट गरेका छन्। चौधरीले भेटपछि ढकालको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको जानकारी दिएका छन्।

उनले ढकालको हिम्मत र आत्मबललाई प्रशंसनीय भन्दै देश परिवर्तनका आन्दोलनमा युवाहरूको यस्तो साहसले सबैलाई प्रेरणा दिने उल्लेख गरेका छन्।

चौधरीले भने, “शान्तनु भाईको स्वास्थ्य सुधार हुँदै गएको देख्दा खुशी लागेको छ। उनको साहस देशका सबै युवाका लागि प्रेरणादायी छ।”

उनले ढकालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि युवाको भूमिकालाई महत्वपूर्ण बताउँदै समर्थन जनाएका छन्।

प्रतिक्रिया