काठमाडौं, माघ २९ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुगेको छ। चलचित्र ‘लाज शरणम्’ को प्रचारात्मक गीतका रूपमा सार्वजनिक गरिएको यस गीतमा बालेनकै शब्द, संगीत, र स्वर समावेश छ।
गीत सार्वजनिक भएको केही घण्टामै युट्युबको म्युजिक ट्रेन्डिङ सेसनमा दोस्रो स्थान मा पुग्न सफल भएको हो। गीतमा विकसित नेपाल को कल्पना गरिएको छ, जसमा कोरस स्वरमा अन्य कलाकारहरूको सहभागिता पनि छ।
बालेन शाहको पहिलो गीत
बालेन मेयर बनेपछि यो पहिलो पटक कुनै गीत सार्वजनिक भएको हो। उनले यसअघि संगीतकर्म गरे पनि मेयर भएपछि औपचारिक रूपमा कुनै गीत गाएका थिएनन्।
‘लाज शरणम्’ फागुन १४ गते रिलिज हुँदै
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो। यस फिल्ममा सिताराम कट्टेल ‘धर्मुस’, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रलाई कुमार कट्टेल ले निर्देशन गरेका हुन् भने निर्माता नवीन श्रेष्ठ, सह–निर्माताहरू राम नरेश शाह र सृजना खड्का रहेका छन्। चलचित्र फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने तय भएको छ।
बालेनको संगीत यात्रामा पुनरागमन ?
बालेन शाहले यसअघि हिपहप संगीतमा सक्रियता देखाए पनि मेयर बनेपछि उनले संगीतलाई समय दिएका थिएनन्। ‘नेपाल हाँसेको’ गीत सार्वजनिक भएसँगै, बालेन पुनः संगीत क्षेत्रमा पनि सक्रिय हुने संकेत देखिएको छ।
- Aama Darshan News
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता