कहिले होला सुदूरपश्चिममा सरकार गठनका लागि आह्वान ?

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छैनन् । विश्वासको मत पाउने अवस्था नभएपछि मुख्यमन्त्री शाहले बिहीबार साँझ अन्तिम समयमा प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँ कानुनी परामर्शमा जुटेका छन् । शाह संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए ।


अब नयाँ सरकार गठनका लागि उपधारा (५) अनुसार आह्वान गर्ने कि उपधारा (२) मा फर्किने भन्ने विषयमा प्रदेश प्रमुख कानुनी परामर्श गर्ने भएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका सचिव शैलेश ढुंगानाले प्रदेश प्रमुख कानुनी परामर्शपछि मात्र नयाँ सरकार गठनका लागि आह्वान गर्ने जानकारी दिए । जहाँसम्म भोली सार्वजनिक विदा शनिबार परेको हुँदा आजै सरकार गठनका लागि आहन गर्ने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया