काठमाडौँ, मंसिर ४ – प्रेस काउन्सिल नेपाल ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित भिडियो प्रसारण गर्ने युट्युब च्यानलहरूलाई कारबाही गरेको छ। यी च्यानलहरूले गलत सूचना फैलाउने र पत्रकारिता मापदण्ड उल्लंघन गर्ने आरोपमा काउन्सिलको निशानामा परेका हुन्।
प्रेस काउन्सिलका अनुसार, यी च्यानलहरूले गैरकानूनी र अप्रामाणिक सामग्री प्रसारण गरेका थिए जसले सार्वजनिक भ्रम र असमझदारी सिर्जना गरेको दाबी गरिएको छ। काउन्सिलले यस्ता च्यानलहरूलाई चेतावनी दिँदै भविष्यमा यस्तो गतिविधि नगर्न आग्रह गरेको छ।
कारबाहीमा परेका युट्युब च्यानलहरूको सूची:
1. लेकाली खबर
2. खबर बुलेटिन टीभी
3. न्युज इन नेपाल
4. रातोपर्दा टीभी
5. योहो टेलिभिजन एचडी
6. पूर्वी गर्जन मिडिया
7. गुन्द्रुक न्युज
8. सगरमाथा पाना
9. नेपाल लाइभ एचडी
प्रेस काउन्सिलले यस्ता च्यानलहरूलाई मिडिया एथिक्स र पत्रकारिता मापदण्डको पालन गर्न कडा निर्देशन दिएको छ। यस कदमले मिडिया संस्थाहरूको विश्वसनीयता र जवाफदेहीलाई सुनिश्चित गर्न मद्दत पुर्याउने आशा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता