काठमाडौं । राजनीतिक संकट चुलिँदै गएको अवस्थामा प्रदर्शनरत युवा आन्दोलनकारी र नेपाली सेनाबीच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुने भएको छ। मंगलबार राति आन्दोलनकारी युवाका प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलबीच अनौपचारिक छलफल सम्पन्न भएको थियो।
आजको वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायत संवेदनशील विषयमा छलफल हुने बताइएको छ। आन्दोलनरत युवाले लामो समयदेखि राजनीतिक दलहरूलाई सत्ताबाट हटाई नागरिक सरकार गठनको माग गर्दै आएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद् विघटनको सर्तमा वार्तालाई समर्थन जनाएका छन्। यसबीच, नेपाली सेनाले संयमित रहन र संवादमार्फत समाधान खोज्न आन्दोलनकारीलाई आह्वान गरेको छ।
२५ भदौ २०८२, बुधबार ०८:१२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार