गोंगबुमा एक जना युवतीको शव फेला परेको छ ।

काठमाडाैंको गोंगबुमा एक जना युवतीको शव फेला परेको  

मोरङको लेटाङ नगरपालिका- घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो 

जिल्ला प्रहरी परिसरकाठमाडौंका अनुसारशुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबरआएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो 

तरचिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए  प्रहरीका अनुसारभण्डारी चन्द्रागिरि नगरपालिका निवासी ३२ वर्षीययुवासँग होटलमा बसेकी थिइन् 

प्रहरीसमक्ष ती युवाले दिएको बयानअनुसारलामो समयसम्म ढोका नखोलेपछि उनले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए  त्यसपछि पुगेको प्रहरीले उनलाईअस्पताल लगेको थियो 

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसारभण्डारीको परिवारलाई पनि तत्कालै खबर गरिएको थियो  परिवारले अहिले ती युवाविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको  

भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको  भने शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोतबताउँछ  घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला परेको छैन् 

भण्डारीका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा छन्  प्रहरीले थप अनुसन्धान गरिरहेको  

प्रतिक्रिया