कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु, कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बस्दै


काठमाडौँ, ३० असोज । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि पुनः सुरु हुँदैछ। सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका त्यागी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक बैठक बस्न लागेको हो।

यसअघि मंगलबार सभापति देउवाको अध्यक्षतामा सुरु भएको बैठकलाई निरन्तरता दिइँदै आजको बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने जनाएको छ।

खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएसँगै बुधबारका लागि स्थगित गरिएको बैठकलाई आज पुनः निरन्तरता दिइने भएको हो।

प्रतिक्रिया