काठमाडौं, १८ फागुन – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भारतको ओडिसा राज्यमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको न्यायको माग गर्दै काठमाडौंका विभिन्न क्याम्पसहरूमा दबाबमूलक प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरूले प्रकृतिको मृत्यु शंकास्पद रहेको भन्दै यसबारे गहिरो छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूले नेपाल सरकार र भारतीय पक्षसँग तत्काल पहल गरेर घटनाको सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “प्रकृतिको न्याय सुनिश्चित गरियोस्,” “दोषीलाई कारबाही होस्,” लगायतका नाराबाजी गर्दै घटना सम्बन्धी पारदर्शी अनुसन्धानको माग गरे।
नेविसंघका एक जना प्रतिनिधिले भने, “यो घटना एउटा नेपाली छात्राको सुरक्षाको विषय मात्र होइन, यसले दुई देशबीचको सम्बन्धमा पनि गम्भीर प्रश्न खडा गरेको छ। हामी नेपाल सरकारले सक्रिय भूमिका खेलोस् भन्ने चाहन्छौँ।”
यसैबीच, घटना सम्बन्धी अनुसन्धान भारत र नेपाल दुवैतर्फबाट अघि बढिरहेको जानकारी प्राप्त भएको छ। नेपालस्थित भारतीय दूतावासले समेत प्रकृतिको घटनामा भारतीय पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न नेविसंघले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता