चितवन । झन्डै ४५ घण्टापछि अवरुद्ध मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा आएको छ।
सो सडकखण्डको तुइनखोलामा माथिबाट आएको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध हुँदा सयौं यात्रुहरू अलपत्र परेका थिए।
सडक विभागको टोली, स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको सक्रियतामा पहिरो पन्छाएपछि सडक सञ्चालनमा ल्याइएको हो। सडक विभागका प्रवक्ता प्रभातकुमार झाले हाललाई सडक एकतर्फी रूपमा सञ्चालनमा आएको जानकारी दिए।
५ असोज २०८२, आईतबार ०६:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय