टोकियो-दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वाक्षतिको समाचार भने सार्वजनिक भएको छैन ।
भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटरगहिराइमा रहेको जनाइएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले भूकम्पका कारण सुनामीको कुनै खतरा नरहेकोजनाइएको छ ।
जापानको आणविक नियमन प्राधिकरणले भूकम्प गएको क्षेत्रमा इकाता आणविक ऊर्जा केन्द्र सामान्यरूपमा सञ्चालन भएकोजनाएको छ । सरकारका प्रवक्ता योशिमासा हयाशीले कुनै पनि विद्युत् संयन्त्रमा सुनामीको कुनै चेतावनी वा असामान्यता नभएकोपुष्टि गर्दै भूकम्पबाट कति क्षति भयो भन्नेबारे अधिकारीहरूले जाँच गरिरहेको बताए । उनले जनतासँग भूकम्पको झट्काप्रति सर्तक रहनआग्रह गरेका छन् ।