काठमाडौं । तिहार बिदापछि पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले वृद्धि हुँदै बन्द भएको छ।
तिहारअघि १६.६७ अंकले बढेको नेप्से, बिदापछि आइतबार ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स स्थिर रहेको छ।
नेप्से परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। तिहारअघि अन्तिम कारोबार दिन २ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएकोमा आइतबार ३१३ कम्पनीको २७ हजार ८९९ पटकको कारोबारमा ५५ लाख ९६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार मात्र भएको हो।
यस दिन १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यस्तै समता घरेलु लघुवित्त को शेयरमूल्य करिब ९ प्रतिशत र हिमालयन पावर पार्टनर को मूल्य साढे ७ प्रतिशतभन्दा बढीले बढेको छ।
उता, तारागाउँ रिजेन्सी होटल को शेयरमूल्य ७.१६ प्रतिशतले घटेको छ भने भगवती हाइड्रोपावर ७.३१ प्रतिशत र एशियन हाइड्रोपावर को मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी (NLICL) शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को २३ करोड रुपैयाँभन्दा बढी र यूनियन हाइड्रोपावर को साढे १८ करोड रुपैयाँभन्दा बढी मूल्यको कारोबार भएको छ।
१३ उपसमूहमध्ये आइतबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०५ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचकमा पनि सामान्य वृद्धि भएको छ।
घटेका उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।
– रिपोर्टर: आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आर्थिक न्यूज़