एतिहासिक निर्णयः ओली–प्रचण्डसहित भीआईपीहरूको सुरक्षाकर्मी फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं, २४ असोज । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसहित बहालवाला र पूर्व भीआईपी, भीभीआईपीहरूका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको छ।

गृहमन्त्रालयका अनुसार हालसम्म मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोगमा आएकाले सो व्यवस्थालाई पुनः व्यवस्थित गर्न निर्णय गरिएको हो।

गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले भने, “अब धमाधम सुरक्षाकर्मी फिर्ता गराउने काम हुँदैछ। फिर्ता भइसकेपछि मात्रै कति सुरक्षाकर्मी मापदण्ड विपरीत थिए भन्ने कुरा यकिन हुन्छ।”

सरकारको यो कदमलाई प्रशासनिक सुधार र समान सुरक्षा मापदण्ड कायम गर्ने दिशामा महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

यसअघि पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सभामुख र अन्य उच्च पदाधिकारीले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गर्दै आएको भन्दै आलोचना हुँदै आएको थियो।

प्रतिक्रिया