रवि लामिछाने नख्खु कारागार सरुवा हुने


काठमाडौं, साउन ३१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सरुवा गर्ने निर्णय भएको छ।


गृह मन्त्रालयको निर्देशनपछि कारागार व्यवस्थापन विभागले रुपन्देही कारागारलाई आवश्यक प्रक्रिया पूरा गर्न पत्राचार गरेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार, प्रक्रिया पूरा भएपछि लामिछानेलाई सुरक्षासहित नख्खु कारागारमा स्थानान्तरण गरिनेछ।


यसअघि राष्ट्रिय मानव अधिकार आयोगले कारागार निरीक्षण गरेर लामिछानेको सरुवा प्रक्रिया पूरा भइसके पनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराएको थियो।


लामिछाने हाल रुपन्देही कारागारमा सजाय भोगिरहेका छन्। राजधानी नजिकै रहेको नख्खु कारागारमा सरुवा भएपछि उनको निगरानी र प्रशासनिक व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया