देशभक्ति कविता
मेरो देश, मेरो गौरव, मेरो आत्मा,
हर धुलोमा छ संघर्षको गाथा।
पहाड, तराई, हिमालको शान,
मेरो देश नेपाल, मेरो अभिमान।
गाउँ गाउँमा छ मेलमिलापको रीत,
जन जनमा छ देशप्रेमको गीत।
त्याग र बलिदानले सजिएको यो माटो,
माया गरौं यो धर्तीलाई ठूला र साना।
स्वतन्त्रता, समानता, हाम्रो मूल्य,
शान्ति र विकास नै लक्ष्यको मूल।
जहाँ घाम झुल्किन्छ हिमालको काख,
त्यो हाम्रो देश, हाम्रो उज्यालो पथ।
मेरो देशको लागि जिउँछु, लड्छु,
यसको शानमा सधैं म गर्व गर्छु।
मेरो नेपाल, मेरो शिरको ताज,
तिमीलाई समर्पित छ हरेक आवाज।
~Surya B Raya
३१ कार्तिक २०८१, शनिवार ११:०५ मा प्रकाशित