रुपन्देही, – आउँदो कात्तिक १७ गतेका लागि तय भएको रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। प्रमुख राजनीतिक दलहरूले आ-आफ्ना सम्भावित उम्मेदवारको टुंगो लगाउन थालेका छन्।
नेकपा एमालेले यस निर्वाचनका लागि पूर्वसांसद खिमलाल भट्टराईलाई उम्मेदवार बनाइसकेको छ। भट्टराई यसअघि पनि उक्त क्षेत्रबाट सांसद भइसकेका छन् र एमालेभित्र लोकप्रिय नेताका रूपमा चिनिन्छन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सागर ढकालको नाम चर्चामा आएको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग डडेलधुराबाट प्रतिस्पर्धा गर्दै व्यापक चर्चा बटुलेका ढकाल हाल रास्वपासँग निकट देखिएका छन्।
सिंहदरबारमा सांसद सुमना श्रेष्ठसँग गरिएको फेसबुक लाइभमा ढकालले उम्मेदवारी संकेत गरेका थिए। रास्वपाका प्रवक्ता मनीष झाले पनि ढकालको उम्मेदवारीको सम्भावना रहेको पुष्टि गर्दै, “चर्चा हुनु भनेको राम्रो हो,” भनेका छन्। यद्यपि, उनले अन्तिम निर्णय हुन अझै चार चरण प्रक्रिया बाँकी रहेको उल्लेख गरेका छन्।
रुपन्देही–३ मा विभिन्न दलहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। निर्वाचन आयोगले आवश्यक तयारी अघि बढाइसकेको छ भने सुरक्षाका लागि पनि रणनीति तय हुँदैछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार