काठमाडौं, ज्ञानेश्वर – ग्यालेक्सी पब्लिक स्कूलले आफ्नो ३९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। विद्यालयका संस्थापक माननीय गीता छेत्री, प्रधानाध्यापिका सुरिना एस. गुरुङ, विद्यालय व्यवस्थापन टोली, विद्यार्थी तथा अभिभावकहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित मिलन राजबंशीले विद्यालयको निरन्तर प्रगति र गुणस्तरीय शिक्षाप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय परिवारलाई सफल भविष्यका लागि शुभकामना व्यक्त गरे। साथै, विद्यालयको शैक्षिक, सांस्कृतिक र अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापिका सुरिना एस. गुरुङले विद्यालयको सफल यात्रामा सबै विद्यार्थी, शिक्षक, अभिभावक तथा व्यवस्थापन टोलीको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। ग्यालेक्सी पब्लिक स्कूल विगत चार दशकदेखि नेपालमा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा सक्रिय रहँदै आएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय