नून
केजीको बजारमा २५/- पर्छ
स्थान अनुसार फरक पनि छ
प्रयोग पनि त्यस्तै...
नून
नभई नहुने,
धेरै हुन, नहुने ।
त्यस्तै बन्नुपर्छ चोला मनुष्यको भनिए तापनि
खोला जस्तै थुन्न खोज्ने ।
शरीरको रगत व्यग्र बनाउँछ
कम भए मृत्यु पनि ।
मात्रा मिल्नुपर्छ ।
पानी जस्तै भएपनि, पानीकै स्वाद बढाउँने भनिए तापनि
सित्तै खान नहुने
खाए....स्वाद मौनताको बन्ने
अन्धक हुने
सत्यमा किमार्थ देख्ने
नून
जीवनको सुन....
७ चैत २०८०, बुधबार ०९:३१ मा प्रकाशित