थासाङ गाउँपालिकाको जनआदर्शले ६ स्वर्ण जित्दै नवौं राष्ट्रपति रनिङशील्ड च्याम्पियन

जोमसोम—नवौं राष्ट्रपति जिल्ला स्तरीय अन्तरपालिका रनिङशील्ड प्रतियोगिताको उपाधि थासाङ गाउँपालिकाले जितेको छ ।थासाङ गाउँपालिकाको तर्फबाट प्रतिनिधित्व गरेको जनआदर्श अमरसिंह माध्यमिक विद्यालय कोवाङले ६ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो ।

जिल्ला खेलकुद विकास समिति मुस्ताङको आयोजना तथा जनआदर्श माध्यमिक विद्यालय कोवाङको सहआयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जनआदर्शले सर्वाधिक स्वर्ण पदक जित्न सफल भएको हो । थासाङ गाउँपालिकालाई च्याम्पियन बनाउन जनआदर्श अमरसिंह माध्यमिक विद्यालयले ६ स्वर्ण,योगेन्द्र माध्यमिक विद्यालयले ५ स्वर्ण, ज्ञानोदय माध्यमिक विद्यालयले ३ स्वर्ण र नालान्दा बुद्धिस विद्यालयले १ स्वर्ण गरी १५ स्वर्ण पदक जितेका हुन् ।

यसैगरी घरपझोङ गाउँपालिका नवौ राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपविजेतामा बनेको छ । घरपझोङका लागि जनहित माध्यमिक विद्यालयले ५ स्वर्ण पदक जितेको हो ।  थासाङले छात्र १५ सय मिटरमा नालान्दा बुद्धिस स्कुले स्वर्ण,छात्रातर्फ योगेन्द्र माध्यमिक टुकुचे स्वर्ण जिते, एक सय मिटर दौडको छात्रतर्फ जनआदर्शले स्वर्ण,छात्रातर्फ जनहित माध्यमिकले स्वर्ण,२ सय मिटरको छात्रतर्फ जनआदर्श स्वर्ण,छात्रातर्फ योगेन्द्र स्वर्ण ,४ सय मिटरको छात्रतर्फ ज्ञानोदय माध्यमिक स्वर्ण,छात्रामा योगेन्द्र स्वर्ण पदक जिते ।

यसैगरी ८ सय मिटर दौडको छात्रतर्फ जनआदर्श स्वर्ण र छात्रातर्फ योगेन्द्रले स्वर्ण पदक जितेका हुन् ।हाईजम्पतर्फको छात्र र छात्रातर्फ दुबैमा जनआदर्शले स्वर्ण पदक हात पा¥यो ।लम्पजम्पतर्फको छात्र÷ छात्रा दुबै खेलमा जनहितले स्वर्ण पदक जित्यो ।

छात्र भलिबलतर्फ थासाङ गाउँपालिकाको ज्ञानोदय माध्यमिक विद्यालयले स्वर्ण जित्दा जनहित माध्यमिक रजत पदकमै चित्त बुझायो ।छात्रा भलिबलमा जनआदर्शले स्वर्ण पदक हात पार्दा ज्ञानोदय माध्यमिकले रजत पदकमा चित्त बुझाएको हो ।

यस्तै ज्यापलिङ थ्रोतर्फको छात्रमा जनहितले स्वर्ण जित्यो,छात्रातर्फ ज्ञानोदयले स्वर्ण हात पा¥यो । सटफुट छात्रतर्फ जनहितले स्वर्ण जित्दा योगेन्द्रले  छात्रातर्फ स्वर्ण पदक जित्यो ।

 मुस्ताङका ५ वटै स्थानीय तहका विद्यालयहरुको सहभागिता रहेको राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकाले पदकविहिन बने । घरपझोङको जनवाल माध्यमिक विद्यालय र जनकल्याण आधारभुत विद्यालयले रजत र कास्यपदकबाहेक स्वर्ण जित्न सकेनन् ।

राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको विभिन्न ईभेन्टमा उत्कृष्ठ खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई छनौट गरेर आसन्न प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागिता गराईने थाक खेलकुद विकास समितिका अध्यक्ष अजित थकालीले बताए । खेलका माध्यमबाट विद्यार्थीहरुको मानसिक,शारिरीक अन्य क्षेत्रको वृद्धि विकासमा योगदान पुग्ने र यसप्रकार प्रतियोगिताले अन्तर पालिका विद्यालयहरुको सम्वन्धलाई जोड्न पुलको काम गर्ने दावी गरे । अध्यक्ष थकालीले प्रतियोगिता संञ्चालनका लागि सहयोग गर्ने ५ वटै पालिका,विद्यालय ,शिक्षक र विद्यार्थीहरुमा आभारसहित धन्यवाद व्यक्त गरे ।

प्रतियोगितामा स्वर्ण,रजत,कास्य पदक जित्ने खेलाडीहरुलाई थाक खेलकुद विकास समितिका अध्यक्ष अजित थकाली, ज्ञानोदयका प्रअ अनन्तराज आचार्य र जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका प्रअ खेमबहादुर गुरुङले शील्ड,मेडल,ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे । प्रतियोगिता शनिबार साँझ समापन भएको जिल्ला खेलकुद विकास समितिका सचिव सुमन थकालीले जानकारी दिए  ।


प्रतिक्रिया