काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान जारी छ । मतदानमा सहभागी हुने प्रतिनिधिहरूका लागि टोकनको समय राति १० बजेसम्म तोकिएको छ । यसअघि मतदानस्थलमा राति ८ बजेसम्म पुगिसक्न अनुरोध गरिएको थियो ।
काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९ः१५ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । करिब ११ घण्टादेखि मतदान निरन्तर जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा ‘रामलक्ष्मण’ भोटिङ मेसिनमार्फत मतदान भइरहेको छ । कुल २ हजार २६३ जना प्रतिनिधिहरूले मतदान गर्ने कार्यक्रम छ ।
यस महाधिवेशनमा दुई पक्षीय प्यानलबीच कडा प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्
२ पुस २०८२, बुधबार ०९:०० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता