काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका नविन खड्का ‘केडी’ नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धाको तयारीमा जुटेका छन्।
खड्का नेविसंघको राजनीतिमा सक्रिय रहँदै विभिन्न जिम्मेवारी सम्हालेका व्यक्ति हुन्। उनी आरआर क्याम्पसमा नेविसंघको नेतृत्वसँगै केन्द्रीय सदस्यको भूमिकामा समेत रहेका थिए।
यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उनी प्रदेश प्रतिनिधिमा निर्वाचित भएका थिए। यसपटक भने कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने तयारीमा रहेको जनाइएको छ।
विद्यार्थी संगठनबाट हासिल गरेको अनुभव तथा पार्टी राजनीतिमा निरन्तर सक्रियतालाई आधार बनाउँदै खड्काले महाधिवेशन प्रतिनिधिका लागि आफ्नो दाबेदारी अघि बढाउने तयारी गरेका हुन्।
यसअघि २०८१ फागुनमा नेविसंघले स्ववियु निर्वाचनका लागि पाटन बहुमुखी क्याम्पसमा नविन ‘केडी’लाई केन्द्रीय प्रतिनिधिका रूपमा समेत खटाएको थियो।
आमा दर्शन न्युज | समाचार/राजनीतिक
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता