काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अन्तरिम सरकारका प्रवक्ता जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू उम्मेदवार हुने वा नहुने विषयमा हालसम्म कुनै निर्णय नगरेको बताएका छन् ।
शनिबार अपराह्न बाह्रखरीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित हुनुपर्नेमा आफूले जोड दिँदै आएको उल्लेख गरे ।
“म आफू चुनावमा उठ्ने वा नउठ्ने, भाग लिने वा नलिने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णयमा पुगेको छैन । यही नै मेरो आधिकारिक धारणा हो,” उनले भने ।
उनले राजनीतिलाई निरन्तरता दिनुपर्ने सुझाव धेरैबाट आएको जानकारी दिँदै यसबारेमा उचित समयमा निर्णय गर्ने बताए ।
“धेरै जनताले तपाईं चुनाव लड्नुपर्छ, राजनीति निरन्तर गर्नुपर्छ भनेर सुझाव दिनु भएको छ,” उनले भने, “तर मबाट अहिलेसम्म अन्तिम निर्णय भएको छैन ।”
मन्त्री खरेलले आगामी संसद्मा विभिन्न क्षेत्र र वर्गको प्रतिनिधित्व हुनुपर्ने मान्यता आफूले राख्दै आएको समेत बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क