सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, सञ्चय कोष संशोधन विधेयकमाथि छलफल हुने





काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।


बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।


त्यस्तै, बैठकमा अन्य संसदीय कार्यसूचीमाथि समेत छलफल तथा आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।


सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठकसमेत आजै बस्नेछ। राष्ट्रियसभाको बैठकमा पनि निर्धारित कार्यसूचीअनुसार विभिन्न विषयमा छलफल तथा निर्णय प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया