आफै चढेको गाडीले ठक्कर दिंदा भारतीय पर्यटक घाईते

जोमसोम— आफै चढेर आएको  स्कर्भियो गाडीले ठक्कर दिंदा घाईते भएकी भारतीय महिलाको उद्दार गरिएको छ । पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शन गर्न जाने क्रममा घाईते भएकी भारतीय महिला पर्यटकको आईतबार साँझ मुस्ताङ अस्पतालबाट  पोखरा उद्दार गरिएको हो ।

भारतको आन्द्र प्रदेश बिजयडाँडा बस्ने वर्ष ५८ की मधु भाग्यलक्ष्मीको एम्बुलेन्स मार्फत उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । भारतबाट मुक्तिनाथ दर्शन गर्न आएको घाईते भाग्यलक्ष्मीसहित ५५ जनाको टोली आईतबार बिहान मुस्ताङ आएको थियो । ऐम्सुलेट दर्शन नेपाल ट्राभल एजेन्सी मार्फत आएको टोली दिउँसो करिव ३ बजे मुक्तिनाथ रानीपौवा बसपार्क पुगेको थियो । 

उनी ग  ३ च ६२४६ नंम्बरको स्कर्भियो गाडीमा सवार हुँदै मुक्तिनाथ बसपार्क पुगेकी थिईन् । गाडीबाट झरेर पैदल हिड्दै गर्दा सोही गाडी अचानक ब्याक भई ठक्कर दिंदा उनको  बाँया खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।   महिला पर्यटकको बाँया खुट्टाको गोली गाँठो बाहिर निस्किएर घाईते भएको प्रहरी निरीक्षक विकले उल्लेख गरे ।

उनका अनुसार घाईते भारतीय महिला पर्यटकलाई तत्काल जोमसोम अस्पतालमा पू¥याएर प्राथमिक उपचार गरेपछि थप उपचारका लागि एम्बुलेन्स मार्फत पोखराको मनिपाल अस्पताल रिफर गरिएको छ ।

स्कर्भियो गाडीसहित  चालक नारायण तिवारीलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ ।


प्रतिक्रिया