नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो अधिकृत पूँजी वृद्धि गर्न शत प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको ५७० औं बैठक, साउन १४ गते (बुधबार) बसेर सो निर्णय गरेको हो।
यस निर्णयको मुख्य कारण भनेको नेपाल बीमा प्राधिकरणको २०८१ पुस २५ गतेको निर्देशन अनुसार २०८२ माघ मसान्तभित्र पूँजी वृद्धि गर्नु पर्ने बाध्यता हो।
कम्पनीले हकप्रद निष्काशन गर्नुअघि:
-
वार्षिक साधारण सभाबाट स्वीकृति लिनेछ,
-
नेपाल धितोपत्र बोर्ड (SEBON) बाट अनुमति प्राप्त गर्नेछ,
-
र त्यसपछि मात्र औपचारिक रूपमा हकप्रद जारी हुनेछ।
प्राधिकरणले तोकेको पुनर्बीमाको पूँजी सीमा, व्यवसाय विस्तार, र अन्तर्राष्ट्रिय बजारमा उपस्थिती बढाउने लक्ष्यअनुसार कम्पनीले अर्थ मन्त्रालयको स्वीकृति लिएर हकप्रद ल्याउने निर्णय गरेको हो।
१६ साउन २०८२, बिहिबार ११:५५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता