राष्ट्रिय सभाको बैठक आज बस्दै, विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव”


काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहान १०ः१५ बजे बस्दैछ।


बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।


उक्त प्रस्ताव पारित भए विधेयकमाथि समितिमा दफावार छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ। राष्ट्रिय सभाको आजको बैठकमा उक्त विधेयक प्रमुख कार्यसूचीका रूपमा रहनेछ।

प्रतिक्रिया