न्यूयोर्क — संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (UNGA) को उच्चस्तरीय सत्रका क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष तेरेसा रिबेरासँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघबीचको सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।
रिबेरा युरोपेली आयोगमा Clean, Just and Competitive Transition सम्बन्धी कार्यक्षेत्र हेर्ने कार्यकारी उपाध्यक्ष हुन्। उनको जिम्मेवारीमा स्वच्छ ऊर्जा, जलवायु लक्ष्य, ऊर्जा सुरक्षा, प्रतिस्पर्धात्मकता तथा न्यायपूर्ण हरित रूपान्तरणसम्बन्धी विषयहरू पर्छन्।
नेपालका परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुँदै विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय निकायका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गरिरहेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता