१३२४औं विश्वव्यापी रक्तदान अभियान ।

कठमाडौं  चैत्र २८ परमेश्वरको  मण्डली विश्व सू-समाचार बसुन्धाराले १३२४औं रक्तदान अभियान कर्यक्रम सम्पन्न गरेको छ। मण्डलीको संस्थापक तेजेन्द्र गौतमले निस्तार(चाडको प्रेम नै जीवन बचाउने प्रेम हो भन्ने सन्देश दिएका छन्। गौतमले विश्वभर ७,५०० स्थानमा परमेश्वरको मण्डली स्थापीत भएको र रक्तदानमा ४,२०० भन्दा बढी अवार्डहरू प्राप्त भएको पनि जानकारी दिएका छन् ।

परमेश्वरको मण्डलीले वातावरण सरसफाई,रक्तदान,जनचेतनामुलक कार्यक्रम,सहयोग र जीवन बचाउने उद्देश्य पनि  हो भन्ने गौतमको भनाइ  छ। मण्डलीको कार्यक्रममा  नेपाल पूर्व सशस्त्र प्रहरी बलका डाक्टर ए.आई.जि.  श्री क्रिष्ण प्रसाद तामाङ र टोखा नगरपालिका ५ का अध्यक्ष मदन गुरुङको प्रमुख आतिथ्य रहेको  थियो।

तामाङले  मण्डली प्रति सकारात्मक सोच राख्नुपर्छ र मातालाई सम्झनुपर्छ भन्ने कुरा बोध गराएका थिए। चिताएको कुरा सबै ईश्वरीय ममताको क्रिपा र आशीर्बादले बांचेको महसुस पनि व्यक्त गरेका थिए । परमेश्वरको मण्डलीमा एकताको प्रेम रहेको,प्रस्तुतिहरू अर्थपूर्ण रहेको र मिठास धून पनि रहेको बताएका छन्।

मदन गुरुङले पनि  सम्पूर्ण मण्डलीका परिवारलाई बिशेष धन्यवाद र रक्तदान कार्यक्रममा आबद्ध भएका सदस्यहरुलाई बिशेष शुभकामना प्रकट गर्दै आगामी दिनहरुमा पनि परमेश्वरको मण्डलीले राम्रो कार्य गर्दै जाओस् भन्दै सुझाव व्यक्त गरेका थिए। गुरुङ मार्फत मण्डलीका संस्थापक तेजेन्द्र गौतमलाई प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया