काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय पार्टी कार्यालयमा नेपाल सरकारका मन्त्रीहरू तथा प्रधानमन्त्रीका सल्लाहकारहरू पुगेका छन्।
पार्टी कार्यालयमा भएको उक्त भेटघाटको औपचारिक कारण सार्वजनिक गरिएको छैन। यद्यपि, स्रोतका अनुसार समसामयिक राजनीतिक परिस्थिती, सरकार–दलबीचको समन्वय तथा नीतिगत विषयमा छलफल हुन सक्ने अनुमान गरिएको छ।
रास्वपाको कार्यालयमा सरकार पक्षका उच्च तहका प्रतिनिधिहरूको आगमनलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। भेटघाट तथा छलफलबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ।
९ पुस २०८२, बुधबार ०३:४६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज डेस्क