काठमाडौं÷ संयुक्त राष्ट्रसंघ को विश्व अन्तरधार्मिक सप्ताहको अवसरमा माघ २७ गते आइतबार युनिभर्सल पिस फेडरेशन नेपालद्धारा आयोजित एक विशेष कार्यक्रममार्फत विभिन्न धर्मका गुरुहरूले अन्तरधार्मिक सद्भाव, आपसी समझदारी, र विश्व शान्तिको लागि योगदान आवश्यक रहेको कुरामा जोड दिएका छन्। कार्यक्रममा नेपालका विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
पुर्ब मन्त्रि एवम् वर्तमान सांसद एकनाथ ढकालले कार्यक्रममा बोल्दै सबैलाई विश्व अन्तरधार्मिक सप्ताहमा स्वागत गर्दै अन्तरधार्मिक सभा र सम्मेलनलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। उनले धार्मिक समुदायहरू प्रतिस्पर्धी नभई एकअर्कालाई सम्मान गर्ने आत्मा विकास गर्नुपर्नेमा जोड दिए। “हामी सबै राष्ट्रवादी हुनु पर्छ, संस्कृतिलाई सद्भावसहित सम्मान गर्नुपर्छ,“ उनले भने। साथै सहआयोजक संस्था शान्ति र विकासका लागि अन्तरधार्मिक संघ(आइ.ए.पि.डि.)लाइ पनि धन्यवाद दिए।
डा. नरेंद्र पाण्डेले जोड दिदै यूनिवर्सल पीस फेडरेशनले लामो समयदेखि अन्तरधार्मिक संवादलाई विशेष महत्त्व दिँदै आएको बताए। उनले अन्तरधार्मिक सप्ताहले मानिसहरूलाई नजिक ल्याउने र समाजमा कलह तथा हिंसा न्यूनीकरण गर्न मद्दत गर्ने उल्लेख गरे।
हिन्दू धर्मका मन्त्रहरूको उदाहरण दिँदै अच्युत सुवेदीले सत्संगत र सहकार्यको महत्त्वबारे चर्चा गरे। उनले सबै मिलेर काम गर्नुपर्नेमा विशेष जोड दिए।
ओशो धाराकी आचार्य नम्रता पाण्डेले शान्तिको सन्देश प्रस्तुत गर्दै प्रत्येक व्यक्तिमा शान्तिको तत्व रहेको बताइन्। “धर्म भनेको मार्ग हो, लक्ष्य हो, हामी सबै मिलेर अघि बढ्नुपर्छ,“ उनले भनिन्।
क्रीश्टियन धर्मका अगुवा तुलसी प्रसाद श्रेष्ठले अन्तरधार्मिक आयोगको आवश्यकताबारे प्रकाश पार्दै समान हकअधिकारको सुनिश्चितता गर्नुपर्ने बताए।
शेख नाइदा, जो अन्तरधार्मिक सञ्जालकी अभियान्ता हुन उनले बोल्ने क्रममा समर्थन गर्दै नास्तिकता फैलाउने तत्वलाई हटाउनुपर्ने बताइन्।
नेपाल धार्मिक रूपमा धनी भए पनि मानसिकता परिवर्तन आवश्यक रहेको बताउदै हिन्दु प्रतिनिधित्व गर्दै रामचन्द्र भण्डारीले सनातन धर्मको मौलिक अध्ययन आवश्यक रहेकोमा जोड दिए।
जैन धर्मका अगुवा नमन उपाध्यायले शान्ति र सद्भाव सबैको साझा चाहना भएको उल्लेख गर्दै अन्तरधार्मिक विचारलाई जीवनशैली बनाउनुपर्ने धारणा राखे।
भिक्षु धर्म मूर्तिले अन्तरधार्मिक संवादको परिधि फराकिलो बनाउनुपर्नेमा जोड दिए जहाँ “हामी हाम्रो समुदायलाई यसमा समावेश गर्न सक्छौं,“ उनले भने।
नारायण प्रसाद गजुरेल ले धर्मले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताए। उनले धर्मप्रति नयाँ पुस्ताको चासो घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै धर्मको सही अभ्यास आवश्यक रहेको बताए।
कार्यक्रममा उपस्थित धर्मगुरुहरू तथा सहभागीहरूले विविधतामा एकता कायम गर्दै अन्तरधार्मिक सद्भावलाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए। क्रार्यक्रममा उदघोषण गरेका आयोजक संस्थाका अध्यक्ष सन्तोस कुमार पौडेलले सबै धर्मका अगुवाले अन्तरधार्मिक कार्यक्रम गरेको देख्न पाइयोस भन्ने शुभेच्छा व्यक्त गरे ।
कार्यक्रमका संयोजक डा. पिया रत्न महर्जनले सबैलाइ धन्यवाद दिदै आफुले नेपाल मात्र नभइ विश्वको कुनै पनि कुनामा हरपल अन्तरधार्मिक एकताको लागि यागदान गर्ने प्रतिवदता व्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता