दशौं गाउँ स्तरीय भलिबलको उपाधि लेतेले जित्यो

जोमसोम— बडा दशैंको पावन अवसरमा संञ्चालित दशौं गाउँ स्तरीय भलिबलको उपाधि थासाङको  लेतेले जितेको छ । थासाङ—२ सौरुको  सिक्स स्टार युथ क्लवले आयोजना गरेको गाउँ स्तरीय भलिबलमा लेतेले  थासाङको टिटीलाई (३—२ ) को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

बर्सेनि बडा दशैंको उपलक्ष्यमा थासाङको सौरु गाउको युवाक्लवले संञ्चालन गर्ने गरेको छ । गाउँ गाउँका युवायुवतीहरुबीच आपसी भातृत्व र सद्भाव कायम गर्न ,शुभ—कामना आदान प्रदान गर्न र स्थानीय खेलकुद क्षेत्रको प्रर्वद्धन र विकास गर्न प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता आयोजक सौरुका सोजन हिराचनले जानकारी दिए ।

 दशौं गाउँ स्तरीय भलिबल प्रतियोगितामा कुल १९ वटा गाउँको सहभागिता रहेको थियो । परम्परागत सादा धनुषबाण प्रतियोगितामा कुल १२ गाउँको सहभागिता रहेको थियो । भलिबल प्रतियोगितामा म्याग्दीको २ गाउँ र घरपझोङको मार्फा र चिमाङले भाग लिएका थिए । भलिबलमा यी ४ गाउँ बाहेक थासाङको १५ गाउँको सहभागिता रहेको थियो । सादा धनुषबाण (तारो)मा थासाङको ११ वटा गाउँ र घरपझोङको चिमाङ गाउँको सहभागिता रहेको थियो ।

निकै प्रतिस्पर्धात्मक गाउँ स्तरीय भलिबलको उपाधि जित्दै थासाङको लेतेले नगद ५० हजारसहित शील्ड,मेडल ,ट्रफी र प्रमाणपत्र हात पारेको छ । यस्तै उपविजेता बनेको थासाङको टिटीले नगद ३० हजारसहित शील्ड,मेडल,ट्रफी र प्रमाणपत्रमै चित्त बुझायो । भलिबलतर्फ सौरु गाउँका सचिन खत्री सर्वोउत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै, तारो खेलतर्फ थासाङको खन्ती च्याम्पियन बनेको छउपविजेता थासाङको लेते बन्यो । निर्धारित ७ डोरमा भएको प्रतिस्पर्धामा खन्तीले सर्वाधिक अंक जोड्यो । यसपछि लेतेले अंक पछ्याएको थियो । तारा खेलको विजेताले नगद  नगद १५ हजारसहित शील्ड,मेडल र प्रमाणपत्र पायो । उपविजेताले नगद १० हजारसहित शील्ड ,मेडल र प्रमाणपत्र पायो । तारो खेलका सर्वोउत्कृष्ट खेलाडी सवि शेरचन बने ।


प्रतिक्रिया