नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य पुनः कार्यकारी निर्देशकमा बहाल

काठमाडौं: सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा हितेन्द्रदेव शाक्यलाई काम गर्न दिन परमादेश जारी गरेपछि आज उहाँ कार्यकारी निर्देशक पदमा पुनर्बहाल भएका छन्।



शाक्यले आफ्नो कार्यभार सम्हाल्दै प्राधिकरणको स्थायित्व, विद्युत सेवा प्रवाहमा सुधार र जनताप्रति उत्तरदायित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यभार ग्रहण कार्यक्रममा प्राधिकरणका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

प्रतिक्रिया