जोमसोम—मुस्ताङबाट सबै भन्दा बढी आयकर बुझाउने दामोदरकुण्ड कन्स्ट्रक्सनलाई बाग्लुङमा सम्मान गरिएको छ ।आर्थिक वर्ष २०७८÷०७९मा निर्माण कन्स्ट्रक्सन क्षेत्रबाट सबै भन्दा बढी आयकर दाखिला गरेवापत मुस्ताङको दामोदरकुण्ड कन्स्ट्रक्सन प्रा.लि.लाई राष्ट्रिय कर दिवस २०८० को अवसरमा आन्तरिक राजश्व कार्यालय बाग्लुङले एक समारोहकाबीच भव्य सम्मान गरेको हो ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड कन्स्ट्रक्सन २०६९ सालमा कम्पनी र आन्तरिक राजश्व कार्यालय बाग्लुङमा दर्ता भएको हो । पूर्वाधार विकासका क्षेत्रमा निकै पारदर्शी र जिम्मेवार ढंगले लाग्दै आएको लोघेकर दामोदरकुण्ड कन्स्ट्रक्सनले धौलागिरी क्षेत्र अन्तर्गत मुस्ताङबाट सबैभन्दा बढी आयकर बुझाएको आन्तरिक राजश्व कार्यालय बाग्लुङले उल्लेख गरेको छ ।
आन्तरिक राजश्व कार्यालय बाग्लुङले बर्सेनि धौलागिरी क्षेत्रको बाग्लुङमा दर्तामा रहेका सबै भन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने गरेको छ ।बाग्लुङमा आयोजित कर दिवसका अवसरमा कन्स्ट्रक्सनका प्रोपाईट किमी छोटेन गुरुङलाई आन्तरिक राजश्व कार्यालय बाग्लुङका कर अधिकृत (प्रमुख) शालिकराम आचार्य, बाग्लुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनालीद्धारा प्रमाणपत्रले सम्मानित गरिएको हो ।