काठमाडौं — जापानमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि देशको उत्तरी तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको जापानी मौसम विज्ञान एजेन्सीले जनाएको छ।
मौसमविद्हरूका अनुसार भूकम्पका कारण समुद्र सतहमा उतार–चढाव देखिएका छन्, तर हालसम्म ठूलो क्षतिको सूचना प्राप्त भएको छैन।
६ हजारभन्दा बढीको सुरक्षित स्थानतर्फ सारिएको
मुख्य द्वीप ‘होनशु’को उत्तरी प्रान्त आओमोरीको तटीय क्षेत्रबाट सावधानीस्वरूप ६ हजारभन्दा बढी स्थानीयबासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ।
यसअघि केही दिनअघि नै यही क्षेत्रमा ७.५ म्याग्निच्युडको अर्को ठूलो भूकम्प गएको थियो, जसमा कम्तीमा ५० जना घाइते भएका थिए।
ठूलो भूकम्पको उच्च सम्भावना
भूवैज्ञानिक विज्ञहरूले आगामी ३० वर्षभित्र क्षेत्रमा विनाशकारी भूकम्प आउने ६० देखि ९० प्रतिशत सम्भावना रहेको चेतावनी दिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता