कीर्तिपुर आफैमा कीर्ति भएको देश हो । यहाँ अनेकन इतिहास छन् । पृथ्वीनारायण शाह दुइचोटी हारेको कथा छ । प्रतिसोध लिएको व्यथा छ । यी कथा व्यथाको प्रतिनिधित्व गर्ने एउटा सभ्यता छ । त्यो नेवा: सभ्यता हो । कीर्तिपुर नेवा: सभ्यताको देश हो । नेवा: सभ्यता कुनै जात वा धर्म अनि वर्ण विशेषणको कुरा होईन् । सिङ्गो देशलाई चिनाउन सक्ने एक प्रजातिलाई नेवा: भन्ने गरेको छ ।
नेवा: नै नेपाल हो । नेपालबाट नेवा: हटाउने हो भने त्यसको कुनै अस्तित्व र महत्व गणना हुनेछैन् । भाषा संस्कार सम्पदा जस्ले नेपालको पहिचान बोकेको छ त्यो नेवा:विना सम्भव छैन् । यो अहम पनि होईन् घमण्ड पनि कसैले नसोचे हुन्छ । अत: गर्व गर्ने सभ्यता नै नेवा: हो ।
नेवा: सभ्यता अनेक परिकार छन् । पेय पदार्थ छन् । जन्म र मृत्युमा पुज्यनीय मानिने, तुल्याउने विधि र त्यसमा अर्पण गर्ने तत्व छन् जसलाई नामाङ्कन गरेका छन् जाँडरक्सी भनी । नेवा: सभ्यता पूजामा यी कुरा हुन्छन् । एक प्रकार सेवन हिसाब ती औषधि हुन् । र मेडिकल साइन्सले त्यसलाई मात्राको संज्ञा मानेको छ । सिधै जाँडरक्सी सेवन नगर्नेले पनि अल्कोहल सेवन गरेकै हुन्छ । यसको अर्थ मात्रा बढाएर सेवन गर्नुपर्छ कुरा त्यो पक्कै होईन् । हुन त बुझ्ने बुझाउने कुरा आफैमा विवादित सोच हुन् त्यसको प्रतिकार हुनुपर्छ । विशेषगरी नेवा: सभ्यताले अनुशरण गर्दै आएका मात्रा युक्त परिकार स्वास्थ्य हुन् । यसको विरोध राज्यले गरेको अवस्था छ । रैथानेलाई रैती बनाउने राज्यको नीति कुनै पनि जनजातीका पहिचानले जीवन पाउन सकिरहेको छैन् । जस्को आडमा देश जिवित छ त्यही कुरालाई गुलाम बनाउने मननीति प्रभावित छौं । त्यो घेरा नेवा: सभ्यता तोड्नुपर्छ ।
यदि तोडिएको खण्डमा सम्पुर्ण नेपालीको जय छ । आत्मानिर्भर कथा त्यस्मै छ । स्वाभिमानी हुने वास्तविक तागत त्यसैमा छ । विश्वमा नेपाललाई चिनाउने सक्ने सभ्यता भनेकै नेवा: सभ्यता हो । आज नेवा: सभ्यता मध्ये पनि विशेषगरी कीर्तिपुरको नेवा: सभ्यता जहाँ १८ वर्ष पुर्व एउटा युद्धले क्रान्तिले जीवन खोजिएको थियो आज पुर्ण रुप पाए जस्तो छ भन्ने कुरा नेवा: लहनाबाट विगुल फुकिएको छ । कीर्तिपुरलाई विश्वमा चिनाउन जाँडरक्सी पर्व( थ्वअय्ला नख:) को आयोजना गरिएको छ । तर त्यसको अर्थ कुनै खराबतत्वको मात्रामा जीवन बर्बाद बनाउने भन्ने होईन् । संस्कारले सिकिएको सम्पदाले हुर्काएको यथार्थता वर्णन कसरी र किन चाहिन्छ ? साथै नेवा: सभ्यताले इतिहासमा के खान्छ के पिउन जिवन्त उदाहरण सहित विश्वलाई आदिवासी जनजातीको संस्कार पहिचान गराउने देखाउने महोत्सवको उद्देश्य हो । यहाँ कसैलाई मात्रा भन्दा ज्यादा सेवन त्यो अमृतकै किन नहोस् विष बन्छ भन्न पनि महोत्सवले आफ्नो दायित्व र कर्तव्य मानेको छ । कसैको परिवार वा सम्पदा बिगार्ने उद्देश्य नेवा: लहनाको छैन् आयोजक यसमा प्रतिबद्ध रहेको जानकारी पनि दिएको सन्देश सुन्न सकिन्छ जस्मा अहम् मुक्त अवस्थाले बुझ्नुपर्छ । नेवा: सभ्यता नेपालको पहिचान हो । त्यसको रक्षा र प्रवर्द्धनले हामी धनी अझ सभ्य र शिक्षित हुन सकिन्छ पुर्व मेयर रमेश महर्जन ज्युको कथन रहेको छ भने संचालक राजमान मानव ज्युको कथन अनुरुप ७७ घरपरिवारका ३३२ जनाको प्रतिव्यक्ति आय वार्षिक ५००० डलर छ जबकी आम नेपालीको आय आम्दानी सरदर १००० डलर रहेको तथ्यांक छ यो अहम होईन् पहिचानले दिएको वरदान हो ।
यो राज्यले गर्नुपर्ने कर्तव्य र दायित्व हो जुन हामीले गरिरहेका छौं । मासिदै गएका परिकार खुवाउन हामी हरदम तत्पर छौं भन्दै संस्कार र सम्पदा जगेर्ना पनि सँगसँगै लाने हाम्रो उद्देश्य छ । विदेशी अल्कोहललाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनलाई बजारीकरण गर्नुपर्छ सरकारसँग हाम्रो माग पनि हो । आदिवासी जनजातीका रैथाने संस्कारले मात्र देशको उत्थान सम्भव छ थप्दै विदेश पलायन सरकारकै कमि र कमजोरीले निम्त्याएको आतंक हो त्यसको न्यूनीकरण रैथाने प्रवर्द्धनले मात्र सम्भव छ ।
इतिहासमा मासिएका इतिहास भनिएका मेरा लागि वर्तमान हुन भन्दै कार्यक्रमको उद्घाटनसँगै जाँडरक्सी तथा विभिन्न खानाका परिकारको प्रवर्द्धन आजबाट कीर्तिपुरको नेवा: लहनामा नेवा: सभ्यता गरेका छन् । भब्य र सभ्य बनाऔं । र नेवा: सभ्यता प्रयोग हुने जाँडरक्सी सेवनको अर्थ "सभ्य र शालिन हुन प्रयोग गरिने शक्ति वर्धक पेय पदार्थ हुन्" जीवन यसरी सोचेर पनि अघि बढ्न सकिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर