अपडेटनै छैन मुस्ताङ प्रशासनको वेवसड

जोमसोम—जिल्ला प्रशासन कार्यालय मुस्ताङको नाममा रहेको आधिकारिक वेवसाईडमा जिल्लाका करिव एक दर्जन सरकारी कार्यालयहरुमा कार्यरत प्रमुखको विवरण अपडेटनै छैन । पुस १७ गतेसम्मको वेवसाईड विवरण हेर्दा जिल्ला स्थित संघीय ,प्रादेशिक र स्थानीय तहका कार्यालय प्रमुखहरुको विवरण सूची रहेपनि उक्त बिवरणमा कार्यालय प्रमुखहरुको विवरण अपडेट भएको देखिदैन ।

मुस्ताङ प्रशासनको वेवसाईड अन्तर्गत जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरुको विवरण उल्लेख भएपनि जिल्लाका केही कार्यालय र ४ वटा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुको विवरण अपडेट देखिदैन । सूचना र संञ्चारलाई प्रभावकारी बनाउने उद्देश्यले वेवसाईडमा कार्यालय प्रमुखहरुको नाम,कार्यालय,मोवाईल नम्बर र लेनलाईन नम्बरसहितको विवरणमा केही कार्यालय प्रमुखहरुको नाम अपडेट नभएको हो ।

मुस्ताङ प्रशासनको वेवसाईडमा कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला)सडक आयोजनाका आयोजना प्रमुख जगत प्रजापती केही महिना अघि सरुवा भई गएको र उनको स्थानमा आयोजना प्रमुखको रुपमा धुब्र झा कार्यरत हुनुहुन्छ । तर,वेवाईड खोलेर हेर्दा सरुवा भई गईसकेका आयोजना प्रमुख जगत प्रजापतीको नाम अझै हटाईएको छैन । पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख विवेक सिक्देल ६ महिना अघिनै सरुवा भई गएको र उहाँको स्थानमा अजयकुमार श्रेष्ठ छन् ।तर, वेवसाईडमा पूर्व कार्यालय प्रमुख सिक्देलको नाम यथावत छ ।

मालपोत कार्यालय मुस्ताङका कार्यालय प्रमुख सरस्वती थापा रोका सरुवा भई गएको २ महिना बितिसकेको र उनको स्थानमा मालपोत कार्यालय प्रमुखको रुपमा सूर्यप्रसाद शर्मा छन् । तर, वेवसाईडमा थापाको नाम हटाईएको छैन । नेपाल टेलिकम जोमसोमका कार्यालय प्रमुख सुमनराम श्रेष्ठ सरुवा भईसकेको एक वर्ष बितिसकेको र उनको सट्टामा नयाँ कार्यालय प्रमुख कार्यरत रहेपनि नयाँ कार्यालय प्रमुखको अपेडट गरिएको छैन ।

स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख प्रेम नेपाली २ वर्ष अघिदेखि कार्यरत रहेपनि उनको नाम वेवासाईडमा उल्लेख छैन । जिल्लाका ५ स्थानीय तह मध्ये लोमान्थाङ गाउँपालिकाबाहेक अरु ४ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको नाम र मोवाईल नम्बर उल्लेख भएको देखिदैन । जिल्लाको थासाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र सुवेदी,घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य,वारागुङ मुक्तिक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर राना र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरे सरुवा भई गईसकेको र उनीहरुको सट्टामा नयाँ प्रशासकीय प्रमुख कार्यरत रहेपनि वेवसाईडमा ४ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नाम अपडेट भएको देखिदैन ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले कम्प्यूटर अपरेट गर्ने कर्मचारीलाई वेवसाईड अपेडटमा जिम्मेवार बनाउन नसक्दा वेवसाईड हेरेर सम्पर्क गर्ने संघ संस्थालाइै असहज भएको देखिन्छ ।


प्रतिक्रिया