काठमाडौं । आमा दर्शन न्यूज ।
विश्वप्रसिद्ध अर्बपति व्यवसायी एलन मस्कले नयाँ राजनीतिक दल गठन गरेका छन्। उनले उक्त दलको नाम ‘अमेरिका पार्टी’ राखेका छन्। मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मार्फत सार्वजनिक गर्दै अमेरिकाको राजनीतिक परिदृश्यमा नयाँ विकल्प प्रस्तुत गरेका हुन्।
मस्कले लेखेका छन्, ‘‘आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंहरूले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्।’’ उनले यस सन्दर्भमा एक्समार्फत सर्वसाधारणलाई सर्वेक्षणमा भाग लिन पनि आग्रह गरेका थिए। सर्वेक्षणमा ६६ प्रतिशतले नयाँ राजनीतिक दलको आवश्यकता रहेको मत दिएका थिए।
मस्कले दावी गरेका छन् कि रिपब्लिकन र डेमोक्र्याटिक दुबै दलले अमेरिकालाई भ्रष्टाचार र बर्बादीतर्फ धकेलिरहेका छन्। उनले भनेका छन्, ‘‘अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार फैलाउने मामलामा यी दुबै दल समान छन्। अब नयाँ राजनीतिक शक्ति आवश्यक छ।’’
एलन मस्क पछिल्लो समय अमेरिकी राजनीति, सामाजिक मुद्दा र प्रविधिको विषयमा खुलेर बोल्दै आएका छन्। उनले नयाँ राजनीतिक पार्टी गठनसँगै अमेरिकी राजनीतिमा नयाँ बहस सुरु हुने अनुमान गरिएको छ।
#AamaDarshanNews
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता