हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले देशभर साधारणतयादेखि पूर्णतया बदली रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले बिहान पनि गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । देशभरका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । कोशी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।
साथै गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा, कोशी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।