५ वर्षपछि युरोपियन सेन्ट्रल बैंकले घटायो ब्याजदर

युरोपियन सेन्ट्रल बैंक (ईसीबी) ले ब्याजदरमा २५ आधार विन्दु अर्थात ०.२५ प्रतिशतको ठूलो कटौती गरेको छ। जर्मनीको फ्रयाङ्गफर्टमा भएको ईसीबीको परिषदको बैठकले आफ्नो बेन्चमार्क दरलाई ४ प्रतिशतको रेकर्ड उचाईबाट घटाएर ३.७५ प्रतिशतमा झरेको छ। ईसीबीले २०१९ पछि पहिलो पटक ब्याजदरमा कटौती गरेको हो।

युरोपियन सेन्ट्रल बैंकले अमेरिकी फेडरल रिजर्भ र बैंक अफ इंगल्याण्डभन्दा पहिला ब्याजदर कटौती गरेको हो। यद्यपि, महंगी नियन्त्रण गर्न केन्द्रिय बैंकलाई अझै पनि गाह्रो भइरहेको छ। ईसीबीको यस ब्याज कटौतीको असर युरोपको अधिकांश मुलुकको अर्थतन्त्रमा पर्नेछ।

युरोमियन संघमा खुद्रा मुद्रास्फिति मे महिनामा उत्पादनहरुको मूल्य वृद्धि भएर वार्षिक आधारमा २.६ प्रतिशत पुगेको छ। पछिल्ला दिनमा युरोपिय संघको तथ्यांक विभाग युरोस्टेटले २० सदस्य राष्ट्रबाट संकलन गरिएको तथ्यांकको आधारमा मे महिनामा मुद्रास्फितिको दर अप्रिलको २.४ प्रतिशतभन्दा बढी रहेको छ।

युरो मुद्रा प्रयोग गर्ने युरोपियन संघको रुस–युक्रेन युद्ध सुरु भएपश्चात भएको इन्धनको मूल्यमा उच्च वृद्धिका कारण यस उच्च मुद्रास्फितिको सामना गर्नु परेको हो। यद्यपि, यो अहिले केही नियन्त्रित भइसकेको छ।

प्रतिक्रिया