एमाले मतगणना अपडेट : ओली अध्यक्ष पदमा अग्रता, विभिन्न पदमा कडा प्रतिस्पर्धा

नेकपा (एमाले) को जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार ओलीले ३३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ११० मत पाएका छन्।


उपाध्यक्ष पदमा प्रतिस्पर्धा रोचक देखिएको छ। प्रथ्वी सुब्बा गुरुङ ३५६ मतसहित अग्रस्थानमा रहँदा विष्णु प्रसाद पौडेलले ३४९ मत र रामबहादुर थापा ‘बादल’ ले ३०९ मत प्राप्त गरेका छन्। छेउमै रघुजी पन्त (२५३), गोकर्णराज विष्ट (२५६) र गुरु प्रसाद बराल (२४२) रहेका छन्।


महासचिव पदमा शंकर पोख्रेलले २४९ मतसहित अग्रता बनाएका छन् भने सुरेन्द्र प्रसाद पाण्डेले १९४ मत पाएका छन्।


उपमहासचिव पदमा लेखराज भट्ट २९३ मतसहित अगाडि देखिएका छन्। उनलाई रघुवीर महासेठ (२६७) र योगेश भट्टराई (२६४) ले पछ्याइरहेका छन्।


सचिव पदतर्फ महेश बस्नेत र छविलाल विश्वकर्माले समान ३११ मत प्राप्त गर्दै शीर्ष स्थानमा छन्। पद्मा कुमारी अर्याल (३०५), शेरधन राई (३००), खगराज अधिकारी (२७९) र हिक्मत कुमार कार्की (२७४) पनि अगाडि देखिएका छन्।

प्रतिक्रिया