जीवनको कथा स्विकार्य हुनुपर्छ ।
एउटा आश्रममा एक जनाले गाई छोड्न ल्याए ।
शिष्य : गुरु ! आश्रममा एउटा गाई छोडेर गएछ ।
गुरु : ठिकै छ त ! अब दूध दिनकै पिउन पाउने भयो ।
केही महिनापछि जस्ले गाई छोडेर गएको थियो उसले आफ्नो गाई लिएर जान्छ ।
शिष्य :(रुन्चे स्वरमा) गुरु जि ! गाई त लग्यो नि अब दूध के गर्ने ?
गुरु: तिमी दूधको चिन्ता नगर । यसरी बुझ ! अब गोबर सोहर्नु परेन् नि ।
२३ फाल्गुण २०८०, बुधबार ०६:५९ मा प्रकाशित