काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच मंगलबार (जेठ १२) चार घण्टा लामो भेटवार्ता भयो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा छलफल भएको जनाइएको छ ।
यही जेठ १५ गते ल्याउन लागिएको बजेटमा थपघट गर्नुपर्ने विषयमा तीन नेताबीच संवाद भएको सभापति लामिछानेनिकट स्रोतले जानकारी दिएको छ । सरकारको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा उनीहरूबीच छलफल भएको थियो ।
रास्वपा नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो बजेटले दिने सन्देशका विषयमा गम्भीर छलफल भएको लामिछानेनिकट स्रोतले बतायो ।
“बजेटमा छुटाउनै नहुने विषयवस्तु, प्राथमिकताका बारेमा तीन नेताबीच चार घण्टा भेटवार्ता भएको हो । रास्वपा नेतृत्वको सरकारले ल्याउने पहिलो बजेट कस्तो होला भनेर आमनागरिकले चासोका साथ हेरिरहनुभएको छ । त्यसैले यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय