काठमाडौं महानगरपालिकाद्वारा एमएमए च्याम्पियन रवीन्द्र ढाट र खोखो उपविजेता टोलीलाई सम्मान

काठमाडौं – काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) का च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई नगद २ लाख रुपैयाँसहित सम्मान गरेको छ।

साथै, पहिलो खोखो विश्वकप २०२५ मा उपविजेता बनेका पुरुष तथा महिला राष्ट्रिय टोलीलाई जनही ११–११ लाख रुपैयाँ प्रदान गरिएको छ। यसअनुसार दुवै टोलीलाई जम्मा २२ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो।


खोखो खेलाडीहरूको सम्मानका लागि आवश्यक रकमको व्यवस्था नेपाल खोखो संघले गर्ने जनाएको छ।

सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकसहितका पदाधिकारीहरूको उपस्थिति थियो।

यो सम्मान सामाजिक विकास समितिको सिफारिसका आधारमा प्रदान गरिएको हो।

प्रतिक्रिया