वाशिङ्टन, अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका अवसरमा अमेरिका र कतारबीच उड्डयन र रक्षा क्षेत्रमा महत्वपूर्ण दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको छ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र अमेरिकी राष्ट्रपति ट्रम्पबीच अमिरी दिवानमा भएको केही घण्टाको निजी भेटवार्तापछि सहयोगको संयुक्त घोषणापत्रमा हस्ताक्षर भएको हो।
यस सम्झौतामार्फत दुबै मुलुकबीच रक्षा तथा सुरक्षात्मक साझेदारीलाई थप बलियो बनाउने र हवाई सेवा तथा उड्डयन क्षेत्रमा सहकार्य विस्तार गरिने लक्ष्य लिइएको छ।
रक्षा सम्झौताको अन्तर्गत कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उडेदको सुदृढीकरण, संयुक्त तालिम तथा प्रविधि हस्तान्तरण जस्ता विषयहरू समेटिएका छन्।
यस ऐतिहासिक सम्झौताले खाडी क्षेत्रको स्थायित्व र सुरक्षा सुदृढ पार्ने विश्वास दुवै मुलुकले व्यक्त गरेका छन्।
२ जेठ २०८२, बिहिबार १२:४२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता