आमा दर्शन न्युजका सञ्चालक सूर्य रायलाई मायाको चिनो प्रदान



काठमाडौं। आमा दर्शन न्युजका सञ्चालक सूर्य रायलाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेश पर्यटन विकास समितिकी संयोजक राज्यलक्ष्मी शाक्यले मायाको चिनो प्रदान गर्नुभएको छ।


आमा दर्शन न्युजका सदस्य तथा स्रष्टा प्रशान्त महासागरका दुई कृतिको लोकार्पण तथा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गर्ने विशेष समारोहका अवसरमा सञ्चार क्षेत्रमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह, सामाजिक तथा सांस्कृतिक गतिविधिको प्रवर्द्धन तथा पत्रकारितामा पुर्‍याएको योगदानको कदरस्वरूप सञ्चालक रायालाई मायाको चिनो प्रदान गरिएको हो।


मायाको चिनो ग्रहण गर्दै सञ्चालक सूर्य रायाले उक्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आमा दर्शन न्युजप्रति व्यक्त गरिएको विश्वास, माया र सम्मानका रूपमा ग्रहण गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सत्य, निष्पक्ष र समाजमुखी पत्रकारिताप्रति समर्पित भएर निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा साहित्य, कला, सञ्चार तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया