आमा दर्शन न्युज
म्याग्दी — महावीर पुन ले म्याग्दी जिल्ला बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोग नेपाल मा पेश गरेका छन्। पेश गरिएको विवरणअनुसार उनको कुल चुनावी खर्च २८ लाख ६८ हजार ८६८ रुपैयाँ पुगेको छ।
फागुन २८ गते आयोगमा बुझाइएको विवरणमा मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च गरिएको छ।
प्रचार–प्रसारसँग सम्बन्धित सामग्री अन्तर्गत नमुना मतपत्र तथा अन्य सामग्री छपाइका लागि २ लाख ९० हजार ५९५ रुपैयाँ खर्च भएको जनाइएको छ। प्रचारप्रसारका क्रममा यातायात तथा इन्धनमा ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
यसैगरी चालक ज्यालामा १ लाख ४० हजार रुपैयाँ, होटेल बास तथा खानामा १३ लाख ७ हजार ६१९ रुपैयाँ, डिजेल खर्च ३ लाख ६० हजार ४९९ रुपैयाँ, स्टेसनरीमा २५ हजार ३०० रुपैयाँ तथा विविध शीर्षकमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको जनाइएको छ।
निर्वाचन आयोग नेपाल ले निर्वाचनलाई पारदर्शी र व्यवस्थित बनाउन उम्मेदवारहरूले चुनावपछि आफ्नो खर्च विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता