भक्तपुर,— आज बिहीबार बिहानैदेखि भक्तपुर खण्डअन्तर्गत अरनिको राजमार्गमा सवारीसाधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ। साँगामा गएको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि महानगरीय प्रहरी वृत्त जगातीले सवारी साधनहरूलाई रोक लगाएको हो।
प्रहरीका अनुसार बिहान करिब ७ बजे पहिरो खस्दा बाटो पूरै अवरुद्ध भएको छ। पहिरोको प्रभाव यति गम्भीर छ कि पैदल यात्री तथा मोटरसाइकलसमेत पास हुन सक्ने अवस्था छैन। यसका कारण जगातीबाट माथि बनेपा तथा अरनिको राजमार्गतर्फ जाने सम्पूर्ण सवारी साधनलाई अहिले रोकिएको छ।
प्रहरीका एक अधिकृतले जानकारी दिँदै भने, “पहिरोका कारण कुनै पनि सवारीसाधनलाई अगाडि जान दिन सक्ने अवस्था छैन। हामी तत्काल सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने प्रयासमा जुटेका छौं।”
यातायात ठप्प हुँदा स्थानीय यात्रुहरू र लामो दूरीका यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। सुरक्षा निकायले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा आवश्यक नपरेसम्म यात्रा नगर्न अनुरोध गरेको छ।
सडक खुलाउने कार्यमा समय लाग्न सक्ने भन्दै सम्बन्धित निकायहरू पहिरो पन्छाउने काममा खटिइसकेको प्रहरीले जनाएको छ।
अधिक जानकारीका लागि कृपया प्रतिक्षा गर्नुहोस्।
—आमा दर्शन न्यूज
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता