तिन्सी खोलाले बगाएका प्रल्हाद महर्जनको खोजी कार्य जारी: नेपाल प्रहरीको विशेष टोली परिचालन

काठमाण्डौ, असोज २२ –कीर्तिपुर नगरपालिका वडा नं. ०७ नयाँ बजारस्थित तिन्सी खोलाले बगाएर बेपत्ता भएका ५३ वर्षीय प्रल्हाद महर्जनको खोजी कार्य जारी छ। मिति २०८१ असोज १७ गते बिहान करिब ८:०० बजे प्रल्हाद महर्जन खोलाले बगाई बेपत्ता भएका थिए। उनको खोजीका लागि नेपाल प्रहरीको केनाइन शाखाबाट प्रहरी नायव उपरीक्षक बासुदेव सुवेदीको कमाण्डमा दुई वटा तालिमप्राप्त कुकुर र प्रहरी निरीक्षक किरण राउतको नेतृत्वमा पाँच जनाको टोली परिचालित भएको छ।


नेपाल प्रहरीले विभिन्न स्रोत र प्रविधिको सहायताले खोजी कार्य तीव्र बनाएको छ। घटनास्थलमा प्रहरीको निरन्तर उपस्थिति रहेको र खोजी कार्यलाई अझ व्यवस्थित गर्न विशेष टोली परिचालन गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। खोलाको बहाव र अवस्था चुनौतीपूर्ण रहेकोले खोजी कार्यमा केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया